पाकिस्तानमा छोरी बेच्न नदिएको झोंकमा श्रीमतीको हत्या
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ

पाकिस्तान, १५ जेठ (एजेन्सी) । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोंकमा श्रीमतीको हत्या गरेका छन् ।

पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।

श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।

बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई १ लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् ।

यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् । बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो ।

हत्याको छानबिन शीघ्र शुरु हुने प्रहरीले जनाएको छ । सेहवान अस्पतालमा पोष्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ ।

प्रतिक्रिया