आज बजेट : बृद्धभत्ता र कर्मचारीको तलब बढ्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दैछ । संविधानमा १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था अनुसार आइतबार अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय–व्ययको विवरण प्रस्तुत गर्दैछन् ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने भएको छ । निर्वाचन लक्षित बजेट भएकाले मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट ल्याउने सरकारको तयारी छ ।

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

यस्तै, कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर घटाउने गरी बजेट तयार पारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने बताइसकेका छन् ।

सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनुपर्ने कर्मचारीहरुले माग गर्दै आएका छन् ।

प्रतिक्रिया