सुख्खा पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०७९, १४ जेष्ठ

चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः ३० बजेतिर सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया