मानव थापा अर्थात स्याडो, जसले गाए यमबुद्ध ‘याद आउँछ तिम्रो’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । मानव थापा अर्थात र्‍यापर स्याडो । उनै र्यापर स्याडोको नयाँ गीत सार्वजनिक भएको छ ।
‘यमबुद्ध’ शीर्षकको यस गीत कुनै बेलाका चर्चित र्यापर यमबुद्धप्रति समर्पित गरिएको छ । गीतले भनेको छ, ‘याद आउँछ तिम्रो’ ।
नेपाली र्याप संगीतको क्षेत्रमा छोटो समयमै युवाका ढुकढुकी बनेका यमबुद्ध हामी माझ छैनन् । तर, उनलाई स्मरण गर्ने यस्ता र्‍याप गीतहरु बेला बेला आइरहेका छन् ।

स्याडो आफैंमा र्‍याप गायनमा उज्ज्वल भविष्य लिएर आएका गायक तथा प्रतिभा हुन् । उनै स्याडोले आज र्‍यापर यमबुद्धलाई आफ्नो गीतमार्फत पुनः दर्शक तथा श्रोताको स्मृतिमा ताजा स्मरण गराएका छन् । र, लाखौँ युवामा मनमा अझै छाइरहेका छन् यमबुद्ध ।

SHADOW
BENISHA POUDEL

यस गीतमा लागि गीतकार तथा मोडल दर्पण राई र इलिक तामाङले शब्द चयन गरेका छन् । ‘तिम्ले बाटो फेर्र्यौ अरे’ जस्ता चर्चित गीतका गीतकार दर्पणले र्याप गीत भने सम्भवतः पहिलोपटक लेखेका हुन् । इलिक भने आफैं र्‍यापर हुन् । इलिक पनि राम्रो र्‍याप गाउँछिन् ।

गीतकारद्वयले यमबुद्धका लागि शब्द खर्चिन कुनै कन्जुस्याइ गरेका छैनन् । यस गीतले यमबुद्धलाई स्रमण मात्र गरेको छैन, उनको सम्मान पनि गरेको छ । यस गीतको संगीत भने अजय कार्कीले गरेका हुन् ।

यस गीतमा स्याडोसँगै फिमेल भोकलमा बेनिशा पौडेलले फिचरिङ गरेका छन् । एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको यस गीतको भिडियोमा स्याडो र बेनिशा नै फिचरिङ छन् ।

दर्पण राईकै निर्देशन रहेको यस भिडियोका लागि सिनेटोग्राफर डम्बर राई गरेका हुन् । स्याडोज् क्रियशनले निर्माण गरेका यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया