इमाडोलमा सक्षम : मेलिनाले भनिन्, ‘अब म यही बुटिकमा लुगा अर्डर गर्छु’
अखबार टुडे
प्रकाशित:
२०७९, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । ललितपुरको इमाडोलमा नयाँ बुटिक थपिएको छ । फेसनप्रतिको क्रेज बढिरहेको अवस्थामा फेसन डिजाइनर सचिता भोलन (सची लामा) र लालकुमार लामाले इमाडोलमा ‘सक्षम डिजाइन क्रियशन’ नामको बुटिक सञ्चालनमा ल्याएका हुन् । उक्त बुटिकको शुक्रबार एक समारोहबीच पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले रिवन काटेर उद्घाटन गरेकी छन् ।

बुटिक उद्घाटनपछि गायिका मेलिनाले भनिन्, ‘फेसनका पौरखीका लागि यस्ता बुटिकहरु सञ्चालनमा आउनु जरुरी छ ।’ उनले सक्षम डिजाइन क्रियशनले फेसनका पारखी तथा ग्राहकको डिमाण्डलाई पूरा गर्न सक्षम हुनेमा विस्वस्त हुँदै सञ्चालक तथा डिजाइनरद्वयलाई शुभकामना दिइन् ।

सक्षम डिजाइन क्रियशनले नै तयार गरेको भेल्वट गाउनमा लगाएर बुटिकको उद्घाटन गरेकी मेलिनाले भनिन्, ‘मलाई यो गाउन साँच्चीकै मन पर्यो । त्यसैले यही गाउन लगाएर बुटिकको उद्घाटन गरेकी हुँ ।’ उनले आफू फेसन कन्सस भएपनि डिजाइनिङ पहिरन खाशै धेरै प्रयोग नगर्ने बताइन् ।

कोेरियन फेसका कारण पनि उनी प्राय क्याजुअल पहिरनमा देखिन्छन् । तर, विशेष कार्यक्रम वा फंशनमा आफूले पनि डिजाइनिङ पहिरन लगाउने गरेको मेलिनाले सुनाइन् । उनले भनिन्, ‘अब विशेष कार्यक्रम पर्यो भने म सक्षममै लुगा अर्डर गर्नेछु ।’

यस्तै, फेसन डिजाइनर तथा सञ्चालकमध्येकी एक सचीले यसअघि नै बुटिक सञ्चालनमा ल्याउने सोच भएर पनि कोभिड महामारीका कारण ढिलो भएको बताइन् । उनले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लोमा गरेपछि बुटिक सञ्चालनमा ल्याएको बताइन् । सक्षम डिजाइनिङ क्रियशनमा डिजानिङ गरिएका मात्र नभएर क्याजुअल पहिरन पनि उपलब्ध हुने उनले बताइन् । ‘डिजाइनिङ गरिएका पहिरन त यहाँ हुने नै भयो’ उनले भनिन्, ‘त्यसबाहेक क्याजुअल पहिरन पनि उपलब्ध हुनेछ ।’

प्रतिक्रिया