भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा, कस्तो छ अवस्था ?
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । भरतपुर महानगरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।

उनको ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचारपछि घर जाने तयारीमा रहेको बताइएको छ । दाहालको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र हाल अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।

प्रतिक्रिया