मुग्लिनतर्फ जाँदै गरेको ग्यास बुलेटमा आगलागी
प्रकाशित:
२०७९, १३ जेष्ठ
चितवन, १३ जेठ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।
बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।
आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि टेस्लाका सीईओ मस्क प्रस्थान
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी
यी प्रदेशमा आज वर्षा र हावाहुरीको सम्भावना
उपनिर्वाचनः इलाम-२ मा ५८ प्रतिशत मतदान, मतगणना आइतबारमात्रै गरिने