पेट्रोलियम पदार्थमा कर घटाउने सरकारको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने तयारी गरेको गरेको छ ।
यही जेठ १० गते बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयले पूर्वाधारवापत रु ५ र भन्सार शुल्क रु ५ गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने जनाइएको छ । यसलाई बजेटमार्फत पनि सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ ।

हाल सरकारले भन्सार विन्दुमा नै पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र डिजेल÷मट्टितेलमा १२ रुपैयाँ २ पैसा र पूर्वाधार शुल्क बापत प्रतिलिटर समान १० रुपैयाँ शुल्क उठाइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सोको प्रभाव नेपालमा इन्धनको मूल्य आकासिन पुगेको छ । सातामा नै दुईपटक गरी लिटरमा नै २० रुपैयाँ पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल) को मूल्य वृद्धि भएपछि सरकारको तीब्र विरोध भइरहेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पु¥याइएको छ ।

प्रतिक्रिया