नेपाल टी-२० लिगको टेन्डर खुला
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।

क्यानले आज सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरेको हो ।

क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ ।

क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन् ।

प्रतिक्रिया