मेयर बालेन र उपमेयर सुनितालाई बधाई दिँदै स्थापितले भने, ‘मतदाताको मन जित्ने काम गर्नुहोला’
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार केशव स्थापितले निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन् ।

शुत्रबार एक धन्यबाद वक्तव्य जारी गर्दै उभनले भनेका छन्, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको भन्दै काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको पनि उनले बताए ।

उनले थप भने, ‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।’

उनले केही कमजोरी भए भने निरन्तर खबरदारी गरिरहने पनि उनले बताएका छन् । ‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु, उनले भनेका छन् ।’

यस्तै, एमालेबाट उम्मेदवार भई उपमेयर निर्वाचित सुनिता डंगोललाई पनि बधाई दिएका छन् । ‘लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु, उनले भनेका छन्, तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु,’।

प्रतिक्रिया