विद्यार्थीलाई दुई वर्षसम्म बलात्कार गरेको आरोपमा फरार प्रिन्सिपल पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । पाँच वर्षअघि विद्यार्थी बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका छन् ।

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत छात्रालाई बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का एसपी कमल थापाका अनुसार खड्काले एक छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको आरोप लागेको छ । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरको पीडितको भनाइ छ ।

सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका–१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

त्यसपछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई विहे गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटकपटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा जाहेरी दिएकी थिइन् । तर, लगत्तै आरोपी फरार भएका थिए ।

प्रतिक्रिया