बढ्दो सुरक्षा चिन्ताका बीच दक्षिण प्रशान्त महासागरका राष्ट्रमा चिनियाँ विदेशमन्त्रीको भ्रमण शुरु
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ

बेइजिङ, १२ जेठ (एजेन्सी) । संयुक्त राज्य अमेरिकाको विशेष चासोका बीच चिनियाँ विदेशमन्त्री वाङ यीले साना तर रणनीतिक रूपमा महत्त्वपूर्ण टापु राष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन बिहीबारदेखि दक्षिण प्रशान्त टापुका देशहरूको औपचारिक भ्रमण गर्दै छन् ।

वाङ यीको भ्रमण तालिकामा मे २६ देखि जुन ४ सम्म सोलोमन टापु, किरिबाटी, सामोआ, फिजी, टोंगा, भानुआटु, पपुवा न्युगिनी र पूर्वी टिमोरको भ्रमण समावेश छ ।

वाङको भ्रमणले अर्थतन्त्र, पूर्वाधार, जलवायु परिवर्तन, जनस्वास्थ्य, प्रहरी र सुरक्षालगायत धेरै क्षेत्रमा सहकार्य र सम्झौताहरूको प्रस्तावलाई समेट्ने बताइएको छ ।

‘चीनको उपस्थितिलाई यस क्षेत्रका देशहरूले स्वागत गर्नुको कारण चीनले स्थानीयहरूको जीविकोपार्जनलाई प्रवर्द्धन गर्न र ती टापुहरूको आर्थिक सम्भावनालाई सक्रिय बनाउँन सक्छ भन्ने हो,’ विज्ञहरूले टिप्पणी गरेका छन् ।

यद्यपि केही पश्चिमी सञ्चार माध्यमले सुरक्षासम्बन्धी सहयोगमा मात्र ध्यान केन्द्रित गरेका छन् । साथै सहयोगले नयाँ शीतयुद्ध फैलाउन सक्छ भनेर बढाइचढाइ गर्ने प्रयास समेत गरिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा वाङ वेनबिनले वाङ यीको दक्षिण प्रशान्त महासागरको भ्रमणको उद्देश्य चीन र सम्बन्धित देशहरूबीचको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै एशिया–प्रशान्त क्षेत्रको शान्ति, स्थिरता र समृद्धिमा योगदान पुर्याधउने रहेको बताएका छन् ।

‘म केही व्यक्तिहरूको सनसनीपूर्ण टिप्पणीसँग पूर्ण रूपमा असहमत छु। म यो अवसरलाई चीन–पीआईसी सहयोगको बारेमा केही तथ्यहरू सार्वजनिक गर्न चाहन्छु,’ उनले थपे ।

संयुक्त राज्य अमेरिका जसले पहिले चीन र सोलोमन टापुहरू बीचको सुरक्षा सम्झौताको बारेमा चिन्ता देखाएको छ । उसले दक्षिण प्रशान्त राष्ट्रहरूलाई चीनसँगको छाया सम्झौताहरूबाट सावधान रहन चेतावनी दिदै सहयोगलाई नाटकीय रूपमा विस्तार गर्न थप प्याकेज अगाडि बढाएको छ ।

‘हामी चिन्तित छौं यी उल्लेख गरिएका सम्झौताहरू हतारमा गैर–पारदर्शी प्रक्रियामा भएका वार्तालाप हुन सक्छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने । उनले चीनसँग थोरै पारदर्शी र अस्पष्ट सम्झौताहरू प्रस्ताव गर्ने अभ्यास रहेको पनि टिप्पणी गरका छन् ।

प्रतिक्रिया