‘तिम्रै हुँ म’ भन्दै रेखा र ज्वालाको अनस्क्रिन रोमान्स (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ जेष्ठ

काठमाडौं, ११ जेठ । गायिका मेचु धिमालको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रै हुँ म’ को बोलको उक्त गीतको भिडियो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गायिका मेचु कभर–सङ तथा रियालिटी शोमार्फत गायनमा उदाएकी हुन् । पछिल्लो समय चर्चामा रहेकी मेचुको यो पछिल्लो सार्वजनिक गीत सेन्टिमेन्ट लभसङ हो ।

यस गीतको भिडियोलाई ज्वाला राईले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री तथा मोडल रेखा फागो लिम्बूसँगै ज्वालाले अनस्क्रिन रोमान्स गरेका छन् । यही भिडियो लञ्चका लागि रेखा धरानबाट कठमाडौं आएकी रेखाले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । यही भिडियोका लागि म काठमाडौं आएकी हुँ ।’

राजेन्द्र राईको शब्द तथा संगीत रहेको ‘तिम्रै हुँ म’को यो भिडियोमा देव चाम्लिङको कोरियोग्राफी रहेको छ भने यस भिडियोलाई मनोज राईले खिचेका हुन् ।

प्रतिक्रिया