भ्रष्टाचार आरोपमा पञ्जावका मुख्यमन्त्रीद्वारा स्थ्यमन्त्री बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७९, १० जेष्ठ

काठमाडौं, १० जेठ (एजेन्सी) । भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्रीे भगवन्त मानले भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् ।

एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री सिंगलालाई हटाएको मुख्यमन्त्री भगवन्त मानले बताएका छन् ।

बर्खास्तमा परेका सिंगलालाई पञ्जाव प्रान्तको एन्टी करप्सन ब्राञ्चले पक्राउ गरेको छ । उनले प्रहरीलाई डा.सिंग्लाविरूद्ध मुद्दा दायर गर्न निर्देशन समेत दिएका थिए । त्यसपछि उनी पक्राउ परेको जनाइएको छ ।

आधिकारिक उजुरी आएपछि मानले घटनाबारे आफैं गएर डा. सिंग्लालाई सोधेको र सो कुरा स्वीकारेको समेत बताएका छन् । उनले भनेका छन्, ‘ अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टीले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अपनाएको छ । त्यसैले मैले तुरून्तै उनलाई बर्खास्त गरेँ ।’

आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गरेका छन् । केजरीवालले ट्वीट गरेका छन्, ‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ ।’ ’

प्रतिक्रिया