योजना आयोगले सिफारिस नगरेका आयोजनामा बजेट विनियोजन नहुने
प्रकाशित:
२०७९, १० जेष्ठ
काठमाडौं, १० जेठ । सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनमा सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापनसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिने उल्लेख गरे ।
रणनीति महत्वका ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने, सार्वजनिक खरिद कानुनमा सुधार तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग आबद्धता गरिने नीति कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’