इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
प्रकाशित:
२०७९, १० जेष्ठ

काठमाडौं, १० जेठ । इन्धनमा भएको मूल्य वृद्धिबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
प्रमुख विक्षी दल नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संसदमा छलफल गर्न माग गदैं सो प्रस्ताव दर्ता गराएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।
इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । जनताको ढाड सेक्ने गरि मूल्य वृद्धि गरेको भन्दै सरकारविरुद्ध चर्को आलोचना र नारा जुलुश लाग्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त