पोखरा महानगरमा एकीकृत समाजवादीका धनराजको जित निश्चित
अखबार टुडे
प्रकाशित:
२०७९, १० जेष्ठ

कास्की, १० जेठ । कास्कीको पोखरा महानगरपालिकाको सत्ता गठबन्धनका मेयरको साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको जित निश्चित भएको छ ।

महानगरमा एक लाख ४३ हजार दुई सय २६ मत खसेको थियो । अब ५०१५ मत गणना गर्न बाँकी छ । धनराजले मंगलबार बिहानसम्म ५६ हजार चार सय ७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ५१ हजार एक सय ८५ मत पाएका छन् । धनराज थापाभन्दा ५२८६ मतले अगाडि छन् । बाँकी मत सबै थापाले पाए पनि धनराज विजयी हुनेछन् ।

उपमेयरमा भने नेकपा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले हालसम्म ५८ हजार ५८२ मत पाएका छन् । यहाँ सत्ता गठबन्धननबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार पाँच सय ४७ मत ल्याएकी छन् ।

यस्तै, राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ५७९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९८६ मत पाएका छन् ।

प्रतिक्रिया