भरतपुरमा १६५६६ भोट गन्न बाँकी रहँदा रेनुलाई दश हजार बढी मतको अग्रता
अखबार टुडे
प्रकाशित:
२०७९, ९ जेष्ठ

चितवन, ९ जेठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएका छन् ।

दाहालले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत ल्याएका छन् ।

महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया