भरतपुरमा २१ हजार ६१४ मत गन्न बाँकी, जित नजिक गठबन्धन
अखबार टुडे
प्रकाशित:
२०७९, ९ जेष्ठ

काठमाडौ., ९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दा गठबन्धनका नेकपा माओवादीका मेयरका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी जितनजिक पुगेका हुन् ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । जसमा सोमबार बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।

प्रमुखमा दाहाल ९ हजार ९३० र काँग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । मेयरमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । उपमेयरमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।

अहिले वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगरको २९ पालिकामध्ये दुई वडाको मतगणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ ।

प्रतिक्रिया