धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ विजयी
प्रकाशित:
२०७९, ८ जेष्ठ
सुनसरी, ८ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङ निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।
राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।
प्रतिक्रिया
सम्बन्धित समाचार