सिर्जनाभन्दा बालेन १७४२४ मतले अगाडि
अखबार टुडे
प्रकाशित:
२०७९, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

आइतबार अपरान्हसम्म १ लाख १६ हजार ८८५ मत गणना हुँदा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।

प्रतिक्रिया