बनेपामा एमालेका जनप्रतिनिधिले बहिस्कार गरे सपथ ग्रहण कार्यक्रम
अखबार टुडे
प्रकाशित:
२०७९, ८ जेष्ठ

काभ्रेपलाञ्चोक, ८ जेठ । बनेपामा एमालेका जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।

नगरपालिकाको ठूलो दल भएर पनि आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएको भन्दै बहिष्कार गरेको एमालेबाट नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले बताइन् ।

बनेपाको १४ वडामध्ये एमाले उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेका विमला सापकोटा दाहाल निर्वाचित भएका थिए । नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसकेका छन् ।

प्रतिक्रिया