७०५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?
अखबार टुडे
प्रकाशित:
२०७९, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । पालिका चुनाव– २०७९ अन्तर्गत अहिलेसम्म ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०७ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको हो ।

गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसयता लगातार मतगणना भइरहेको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ । कांग्रेसले ३११ स्थानीय तहमा जित हासिल गर्दै पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १९० र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२० पालिका प्रमुख जितेको छ ।

यस्तै जनता समाजवादी पार्टीले २७, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १२ र अन्यले दलले २८ स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ ।

जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १४, एमाले १६, माओवादी २, जसपा ४, एकीकृत समाजवादी २, लोसपा ५ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन् ।

काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ । बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया