बालेनको अग्रता कायमै, स्थापितलाई सिर्जनाले उछिनिन्
अखबार टुडे
प्रकाशित:
२०७९, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रखेको छ ।
तर ताजा मतपरिणामअनुसार दोस्रो स्थानमा रहँदै आएको नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने पछि परेका छन् ।

शनिबार दिउँसो २ बजेको मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका सिर्जना श्रेष्ठले अग्रता लिँदै आएको केशव स्थापितलाई पछि परेका हुन् ।

मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् । यसैगरी स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन् ।

प्रतिक्रिया