डोटीको गेरुपानीमा बस दुर्घटना : एक बालक बेपत्ता, १३ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ७ जेष्ठ

डोटी, ७ जेठ । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।

शनिबार बिहान कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता भएका छन् ।

बस सेती नदीको किनारमा झरेकाले बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी बसका सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । दुर्घटनापछि बस चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया