विराटनगरको मेयर बनेपछि कोइरालाले भने- ‘भ्रष्टाचार र सुशासनको विषयमा शून्य सहनशीलतामा जाने हाे’
अखबार टुडे
प्रकाशित:
२०७९, ७ जेष्ठ

विराटनगर, ७ जेठ । विराटनर महानगरपालिकामा गठबन्धनका मेयरका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । विराटनगर महानगरमा सहज जीत हासिल गरेपछि मेयर कोइरालाले सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् ।

विराटनगर प्रमुखमा जीत हासिल गरेपछि उनले भने, ‘सबै जितेका जति विराटनगरको विकास गर्ने भनेरै आउनु भएको छ । उहाँहरूको इच्छा अनुसार नै म पनि काम गर्ने हो । मलाई ठूलो पदमा पठाए, कसैलाई सानो पदमा पठाएका छन्, तर हामी सबै बराबर हौँ ।’

विराटनगरको विकास कसरी गर्न सकिन्छ, बाढी कसरी रोक्ने, डुबानको समस्या कसरी पार लगाउने, विकास निर्माणको काम कसरी अगाडि लाने भन्ने विषयमा सबै जना सँगै बसेर काम गर्ने मेयर कोइरलाले बताए ।

भ्रष्टाचार र सुशासनको विषयमा केन्द्र सरकार र अन्य निकायसँगको समन्वयमा सुधार गर्ने उनको भनाइ छ । ‘भ्रष्टाचार र सुशासनको विषयमा शून्य सहनशीलतामा जाने हो । समय अनुकूल परिस्थिति मिलाएर भ्रष्टाचार शून्यमा झार्ने र सेवा प्रवाहमा जवाफदेही हुने गरी अगाडि बढ्छौँ’ मेयर कोइरालाले भने ।

प्रतिक्रिया