मतगणना नसकिँदै हेटौडा उपमहानगरमा गठबन्धन विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

मकवानपुर, ६ जेठ । हेटौडा उपमहानगरपालिकाको मतगणना नसकिँदै सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
हेटौंडाको मेयर र उपमेयर दुबै पदमा क्रमशः एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामा र काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् भने एकीकृत समाजवादीकी मीना लामा २३०७५ मत पाएर अग्रता बनाइरहेकी छन् । तर मीना र बानियाँ गणना सकिनुअघि नै विजयी भएका हुन् । निर्वाचन आयोगले मतगणना सकिएपछि औपचारिक रुपमा घोषणा गर्नेछ ।

उसो त एमालेका मेयर र उपमेयरका उम्मेदवारले शुक्रबार दिउँसै हार स्वीकार्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिइसकेका छन् ।

प्रतिक्रिया