देशका विभिन्न स्थानमा हावाहुरी, सात जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

काठमाडौं, ६ जेठ । शुक्रबार साँझ हावाहुरीले रुख ढल्दा विभिन्न स्थानमा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जुन घटनामा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीका अनुसार भरतपुर–११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा २ जना घाइते भएका हुन् । घाइतेहरुलाई भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यस्तै, कैलालीको लम्किचुहा–८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ । गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो । सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

यसैबीच चितवनको नारायण पुलनजिक पनि हावाहुरीले ट्रक पल्टिँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक तीव्र हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीका कारण एक छिन जनजीवन प्रभावित भएको थियो ।

प्रतिक्रिया