यौन हिंसामा परेकी युवतीका लागि न्याय माग्दै बालुवाटारमा धर्ना
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

काठमाडौं, ६ जेठ। झण्डै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि यौन हिंसा भएको एक किशोरीले खुलाएपछि ती किशोरीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । शुक्रबार ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् ।

बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो ।

धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया