धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङ १५०९ मतले अघि
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

काठमाडौं, ६ जेठ । धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो गणनामा उनको अग्रता फराकिलो बन्दै गएको हो ।

पछिल्लो परिणमअनुसार उनले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने अर्का प्रत्यासी कांग्रेसका किशोर राईले ९ हजार ८ सय ३० मत प्राप्त गरेका छन् ।

धरानमा हालसम्म ३६ हजार ६४७ मत गणनाको परिणाम सार्वजनिक भएको छ । एमालेबाट मेयरकी प्रत्यासी मन्जु भण्डारीले ८ हजार ७१ मत प्राप्त गरेकी छन् । उपमेयरमा माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाको अग्रता कायम छ ।

उनले ११ हजार ४ सय २१ मत र एमालेका पदम इस्बेले १० हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । १–१०, १२, १८, १९ र २० नं वडाको मत गणना सकिएको छ ।

प्रतिक्रिया