नेपालगञ्ज उपमहानगरमा गठबन्धन विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

नेपालगञ्ज, ६ जेठ । बाँकेको नेपालगन्ज उमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा निर्वाचित राईले १७ हजार ९ सय ५० मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिका राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय १५ मत ल्याएर निर्वाचित भएका थिए । तर, यो पटक राणा मेयरमा उम्मेदवार बनेका थिएनन् ।

प्रतिक्रिया