एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा राप्रपा विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

दमक, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा राजेन्द्र लिङ्देन नेतृत्वमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका हुन् ।

थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।
यस्तै, उपमेयमरा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

प्रतिक्रिया