पोखराको प्रमुखमा धनराजको मतान्तर २५ सय नजिक, उपप्रमुखमा एमालेको अग्रता
अखबार टुडे
प्रकाशित:
२०७९, ५ जेष्ठ

पोखरा, ५ जेठ । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेको छ । यो सँगै एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाएका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटकोे २२ हजार १२२ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया