सरकारद्वारा ३ दिन गणतन्त्र दिवस मनाउने निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस–०७९ ३ दिन मनाउने निर्णय गरेको छ ।

बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा गणतन्त्र दिवश मनाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने छ । सो साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ ।

समितीले विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरुमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय गरेको छ ।

प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराउने तथा ३ दिन साँझ दिपावली गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया