घोडाघोडीको प्रमुख/ उपप्रमुखमा नेकपा एसका रावत र कांग्रेसका चौधरी निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ५ जेष्ठ

गोदावरी, ५ जेठ । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन् । रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसका गुलियाकुमारी चौधरी विजयी भएका छन् । उनले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले छ हजार ९६३ प्राप्त गरे ।

कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरमाण सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया