गोकुल बाँस्कोटाको गृह पालिकामा नेकपा एसका टोकबहादुर बने मेयर
अखबार टुडे
प्रकाशित:
२०७९, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एसका टोकबहादुर तामाङ विजयी भएका हु्न् । तामाङले ९४०६ विजयी मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल विजयी भएका छन्। उनले ११३०५ मत प्राप्त गरे । उपमेयरमा पराजित उम्मेदवार एमालेकी सरिता ढकालले ६९२४ मत प्राप्त गरिन् ।

तामाङ २०७४ को निर्वाचनमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया