ईयूद्वारा युक्रेनलाई रुससँग लड्न थप ९ अर्ब यूरोको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७९, ४ जेष्ठ

यूरोपेली संघ (ईयू)ले कीभलाई रूसी आक्रमणको सामना गर्नका लागि मद्दत गर्न यस वर्ष ९ अर्ब यूरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव बुधबार गरेको छ ।

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले एएफपीलाई बताए ।
भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताए ।

उनले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गरे । प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया