रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी
प्रकाशित:
२०७९, ४ जेष्ठ
रौतहट, ४ जेठ । रौतहटको राजदेवी नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । यस नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव निर्वाचित भएका छन् ।
उनले पूर्वमेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरले पराजित गरेका छन् ।
मेयर पदमा निर्वाचित यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांगे्रसका अर्चनाकुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरे ।
प्रतिक्रिया