भरतपुरमा मेयर र उपमेयर दुवैमा गठबन्धनको फराकिलो अग्रता
अखबार टुडे
प्रकाशित:
२०७९, ४ जेष्ठ

चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

बुधबार बिहानको मतपरिणामअनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १६१७ मतको फराकिलो अग्रता लिएका हुन् ।

१७ हजार २६ गणना गर्दा रेनुले ९ हजार ८०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार १८४ मत पाएका छन् ।

यस्तै, उपमेयरमा पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६ हजार ६६८ मत पाएका छन् ।

प्रतिक्रिया