ललितपुरमा दोब्बर मतले चिरिबाबुको अग्रता, पछ्याउँदै हरिकृष्ण व्यञ्जनकार
अखबार टुडे
प्रकाशित:
२०७९, ४ जेष्ठ

काठमाडौं, ४ जेठ । ललितपुर महानगरपालिकामा अहिले बिहानसम्म गरिएको मतगणना अनुसार २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन् ।

यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यको अग्रता कायम छ । उनले ५ हजार ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मतसहित पछ्याइरहेका छन् । स्वर्णिमा शाक्यको पक्षमा १ हजार ८३२ मत परेको छ ।

यस्तै, ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । कांग्रेसले मेयर र माओवादीले उपमेयर पदमा प्रतिस्पर्धा गरेका छन् । तर उपमेयर पदमा उम्मेदवारी नदिएको कांग्रेसको रुख चिह्नमा ३ हजार २८० परेको छ ।

प्रतिक्रिया