फिनल्याण्डलाई खुल्यो नाटो सदस्यता बन्ने बाटो
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ

फिनल्याण्ड, ३ जेठ (एजेन्सी) । फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन ९नाटो० मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका लागि आवेदन पेश गर्ने बाटो खोलिदिएको छ ।

संसदका २०० सदस्यमध्ये कूल १८८ जनाले नाटो सदस्यताको पक्षमा मतदान गरेका फिनल्याण्डको संसदले जनाएको छ । यो ७५ वर्षभन्दा अघिदेखि फिनल्याण्डको सैन्य गतिविधिमा सहभागिता नजनाउने नीति विपरीत भएको नाटकीय परिवर्तन हो ।

यूक्रेनमा रूसको आक्रमण भएसँगै फिनल्याण्डले पनि आफ्नो सुरक्षाका लागि नाटो सेनासँग सहकार्य गर्न चाहेको बिषय विगत केही समयदेखि चर्चामा रहेको छ ।

सन् १९१७ मा स्वतन्त्र नभएसम्म फिनल्याण्ड रूसी साम्राज्यको एक भागको रूपमा एक शताब्दीभन्दा बढी रहेको थियो । रूस र फिनल्याण्डको करिब १३४० किलोमिटर सीमा क्षेत्रको जोडिएको छ ।

प्रतिक्रिया