भरतपुरमा गठबन्धनको दौड सुरु, रेनुले फराकिलो अग्रता लिँदै
प्रकाशित:
२०७९, ३ जेष्ठ
चितवन, ३ जेठ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ७०२ मतको फराकिलो अग्रता लिएका हुन् ।
२३ हजार ८५ गणना गर्दा रेनुले ८ हजार ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ७ हजार ३३८ मत पाएका छन् ।
उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ६९७ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६ हजार ३४ मत पाएका छन् ।
प्रतिक्रिया