स्थानीय तह निर्वाचन : काठमाडौं महानगरमा बालेनको रफ्तार कायमै
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४८७ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७३१२ मत पाएका छन् । यो पछिल्लो अपडेटअनुसार बालेनभन्दा स्थापित ६१७५ कम हो ।

यस्तै, गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ३९९ मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेकपा एमालेका सुनिता डंगोलले १२ हजार १५७ मत पाएका छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनीता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया