पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता
प्रकाशित:
२०७९, ३ जेष्ठ

पोखरा, ३ जेठ । कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
मंगलबार बिहानसम्म २० हजार ६६० मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार रहेका आचार्य १ हजार २८५ मतान्तरले अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ५२६ मत पाएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८ हजार ८७६ मतसहित अग्रता कायमै राखेकी छन् । एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ हजार २७१ मत पाएकी छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने