संखुवासभा पाँचखपनको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ

संखुवासभा, ३ जेठ । संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् ।

नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएका हुन् । उनले ४ हजार ७८८ र उनका प्रतिस्पर्धी नेकपा एमालेका हिन्दुुकुमारले ३ हजार ४३७ मत ल्याएका छन् । विपिन राई यसअघिका नगरप्रमुख हुन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ ३ हजार ८३४ मतसहित विजयी भएकी छन् । एकीकृत समाजवादीकी श्रेष्ठले ३४७ मत अन्तरले एमालेकी अनिता न्यौपानेलाई हराइन् । अनिताले ३ हजार ४८७ मत पाएकी छन् ।

प्रतिक्रिया