स्थानीय तह निर्वाचन : एकीकृत समाजवादी चार गाउँपालिका विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ

काठमाडौं, २ जेठ । नेकपा एकीकृत समाजवादीले चार गाउँपालिकाको नेतृत्व पाएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत सो पार्टीले अहिलेसम्म चार गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको हो ।

नेकपा एकीकृत समाजवादीका दुर्गाबहादुर पुनले सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा जित हासिल गरेका छन् । उनी ३ हजार १६० मतसहित विजयी भएका हुन् ।

यस्तै उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एकीकृत समाजवादीकै मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । उनले ४ हनार ९४२ मत पाए ।

यसअघि नेकपा एकीकृत समाजवादीबाटै छार्का डोल्पाको ताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ र काईके गाउँपालिकाको अध्यक्षमा अंगद कुमार राना निर्विरोध निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया