काठमाडौं महानगरको मतगणना सोमबारबाट सात ठाउँमा हुने
प्रकाशित:
२०७९, १ जेष्ठ
काठमाडौं, १ जेठ । काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको जानकारी दिए ।
आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिएका हुन् ।
त्यस्तै अनाधिकृत रुपमा महानगरको सवालमा आएका गलत सूचनामा भर नपर्न पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभागृहबाट भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार