प्याराग्लाइडिङ गर्दै म्युजिक भिडियो सार्वजनिक (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

पोखरा, १ जेठ । ‘सरर बग्यो हावा सरर’ बोल गीतको म्यूजिक भिडियो तथा पोष्टर साराङकोटमा प्याराग्लाइडिङ गर्दै सार्वजनिक गरिएको छ ।
हरि गोपाल प्रधानको शब्द रचना रहेको उक्त गीतमा लेकप्रिय हिपहप गायक निर्णय श्रेष्ठ र सुवानी मोक्तानले स्वर दिएका छन् ।

विश्व कीर्तिमान राख्नका लागि उक्त गीतको भिडियो प्याराग्लाइडिङ गर्दै सार्वजनिक गरिएको गीतकार तथा फोटो पत्रकार हरि गोपाल प्रधानले बताए । उक्त भिडियोमा डा. सरिशा श्रेष्ठ र निर्णय श्रेष्ठले अभिनय गरेका छन् । प्याराग्लाइडिङ साराङकोटबाट सुरु गरेर फेवाताल लेक साईडमा अवतरण गरेको थियो ।

सो कार्यक्रम वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालसहित औपचारिक प्रतिनिधिहरुले नजिकबाट नियालेका थिए ।
यस गीतमा कोरियोग्राफर÷निर्देशन आराध्यलक्ष्मी खड्गी र भिडियोग्राफर÷सम्पादन सोहन मानन्धरले गरेका हुन् ।

यस गीतका मौलिक गायिका सरिता अधिकारी, संगीत किशोर खतिवडा र अरेन्जर अमूल कार्की ढली साथै रिमेक अरेन्जमेन्ट बालकृष्ण थारु तथा रिमेक गायक निर्णय श्रेष्ठ, फोटोग्राफीमा पदमसागर कक्षपतीले गरेका छन् ।

प्रतिक्रिया