चितवनको माडी-१ राप्रपाका लामा विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

चितवन, १ जेठ । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका अमित लामा निर्वाचित भएका छन् ।

आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । एमाले उम्मेदवार टीकाराम सुवेदीले १२६ मत ल्याउन सके ।

सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्य गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली कांग्रेसका जय नारायण लामिछाने र राप्रपाका दीपेन्द्र महतो निर्वाचित भएका छन् ।

प्रतिक्रिया