पोखरा महानगरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

कास्की, १ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

१ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन् । आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन् । राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ । रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।

प्रतिक्रिया